NEPAL, December 6, 2024 /EINPresswire.com/ — 2024 PUBG MOBILE Global Championship (PMGC) ले विश्वका उत्कृष्ट टोलीहरूले अन्तिम जित हासिल गर्न गरेको रोमाञ्चक खेलहरुको प्रदर्शनी प्रस्तुत गरिरहेका छन् । यधपि, नेपालका प्रतिनिधिहरू, DRS Gaming र Horaa Esports ले आफ्नो यात्रा भने लिग चरणमा नै अन्त्य गर्नुपरेको छ । उनीहरूको दृढता र साहसले देशमा रहेका असंख्य प्रशंसकहरू र खेलाडीहरूलाई प्रेरित गरेको छ। यसले नेपाली ईस्पोर्ट्सलाई उल्लेखनीय रूपमा प्रोत्साहन पनि दिएको छ।
PMGC जस्तो प्रतिष्ठित मञ्चमा नेपालले प्रतिनिधित्व गर्नु आफैंमा ठूलो उपलब्धि हो। DRS Gaming र Horaa Esports दुबैले गर्वका साथ देशको निमित्त प्रतिस्पर्धा गरेका थिए । उनीहरुले आफ्नो रणनीतिले उत्कृष्ट खेल प्रदर्शन गर्नुका साथै टोली संयोजनमा पनि अद्भुत कलाहरु प्रस्तुत गरेका छन् । विश्वका उत्कृष्ट प्रतिस्पर्धीहरूसँग सामना गर्दा, उनीहरूले ईस्पोर्ट्सको क्षेत्रमा आफुलाई नेपालमा उदाउँदै गइरहेको शक्तिशाली टोलि भनि प्रमाणित समेत गरेका छन् ।
यो च्याम्पियनशिप केवल प्रतिस्पर्धा मात्र नभई एक सिकाइ र अनुभव पनि हो। दुबै टोलीले शीर्ष स्तरका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्दै आफुले सुधार गर्नुपर्ने क्षेत्रहरूको पहिचान गरेर सो कुराहरुबाट एक अमूल्य ज्ञान हासिल गरेका छन् । यी अनुभवहरूले उनीहरूको सफलता प्राप्तीलाई अझ बढाउनेछ र भविष्यका प्रतियोगिताहरूमा उनीहरू अझै निखारीदै जानेछन्।
2024 PMGC मा नेपालको सहभागिताले देशको बढ्दो ईस्पोर्ट्स अवस्थाको प्रमाण दिएको छ । DRS Gaming र Horaa Esports को यात्राले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रेरित पनि गरेको छ । समर्पण र निरन्तरताले नेपाली टोलीहरूमा विश्वस्तरीय उत्कृष्टता हासिल गर्न सक्ने कुरा प्रमाणित गरेको छ ।
उनीहरूको PMGC यात्रा समाप्त भएता पनि, यो DRS Gaming, Horaa Esports, वा नेपालको ईस्पोर्ट्स सपनाको अन्त्य भने होईन । एक उत्साही समुदाय र अपार सम्भावनाहरूको साथ, नेपालको ईस्पोर्ट्स दृश्य थप प्रगतिको लागि तयार रहेको छ । यी टोलीहरू भविष्यका प्रतियोगिताहरूमा अझ उच्च लक्ष्य राख्दै ठूलो अनुभव र नयाँ उत्साहका साथ फर्किनेछन् ।
2024 PMGC अब डिसेम्बर ६ देखि ८ सम्म बेलायतको लन्डनमा हुने ग्रान्ड फाइनलतर्फ अघि बढ्दैछ । प्रशंसकहरूले सबै लाइभ PUBG MOBILE Esports South Asia का आधिकारिक Facebook र YouTube च्यानलहरूमा हेर्न सक्नेछन्।
ABOUT PUBG MOBILE
पब्जी मोबाइल पब्जी: ब्याटलग्राउन्ड्समा आधारित छ जसले सन् २०१७ मा इन्टरएक्टिभ मनोरञ्जनको दुनियाँमा तहल्का मच्चाएको थियो।
यस खेलमा १०० जना खेलाडीहरू एकैसाथ प्रतिस्पर्धा गर्न एक टापुमा प्यारा–सुट प्रयोग गरी हाम्फाल्छन् र खेल सुरु हुन्छ। खेलाडीहरूले आफ्नै हतियार, सवारीसाधन, र सामग्रीहरू खोज्न र जम्मा गर्नुपर्छ, र खेलको बिस्तारै घट्दै जाने खेल क्षेत्रभित्र अन्य सबै खेलाडीहरूलाई पराजित गर्नुपर्छ। र अन्तिमसम्म जो जीवित रहन्छ, उसैले खेल जित्ने गर्दछ।
पब्जी मोबाइललाई टेन्सेन्ट गेम्सको लाइटस्पीड स्टुडियो र क्राफ्टन इंक. द्वारा संयुक्त रूपमा विकसित गरिएको हो।
थप जानकारीको लागग, पधजी मोबाइलका आगधकाररक Facebook (@PUBGMOBILE), Instagram (@pubgmobile), X (@pubgmobile) and YouTube (@pubgmobile) अकाउन्तटहरूमा हेन् सक्न ह नेछ।
पधजी मोबाइल App Store (https://apps.apple.com/us/app/pubg-mobile/id1330123889) र Google Play (https://play.google.com/store/apps/details?id=com.tencent.ig) मा ननुःश लक डाउनलोड गन् उपलधध रहेको छ।
Media Unit
PUBG MOBILE
email us here
Visit us on social media:
Facebook
YouTube
Legal Disclaimer:
EIN Presswire provides this news content “as is” without warranty of any kind. We do not accept any responsibility or liability
for the accuracy, content, images, videos, licenses, completeness, legality, or reliability of the information contained in this
article. If you have any complaints or copyright issues related to this article, kindly contact the author above.